२८ कार्तिक, एजेन्सी । नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्रा्ष्ट्रिय उपाधि जितेको हो ।
नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो । नेपाल पहिलो सेट २५-१३, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-८ ले जित्न सफल भयो । उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए।
समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो ।
नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो । नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो ।
महिला भलिबलले अन्तर्रा्ष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पुरुष टिम भने अहिलेसम्म उपाधिबिहिन छ ।