२८ कात्तिक, सिरहा। नेपाली भू–भाग मिचेको विषयलाई लिएर सिरहाको लहान नगरपालिकामा भारत सरकारविरुद्ध विरोध कार्यक्रम गरिएको छ । नेबिसंघ जिल्ला कार्यसमितिको अगुवाईमा सिरहाको लहानमा बृहत जुलुस निकालिएको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सिमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन छेडिँदा सिरहा , सप्तरी , धनुषा महोत्तरी लगायत देशका विभिन्न जिल्लाहरुमा पनि विभिन्न पार्टीका भातृ संगठनका विद्यार्र्थीहरु आन्दोलनमा उत्रिएका छन ।
विरोध प्रर्दशनमा भारत विरोधी नाराबाजी गरिएको छ । स्थानीय युवाहरूको अगुवाइमा निकालिएको र्यालीमा सिरहा र लहान नगरपालिका भित्र पर्ने कलेजका विद्यार्थीहरुरुको सहभागिता रहेको थियो ।
भारत विरोधी नाराबाजीसहितको र्याली लहानको सहिद चौकमा पुगी कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले कालापानी ,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इन्डिया ,भारतीय बिस्तारबाद मुर्दाबाद , सिमा मिच्न पाइदैन, यस्तो छिमेकी चाइदैन, एक पक्षिय नक्सा मान्दैनौं ,पू्र्खाले लडे नालापानी हामी लड्छौ कालापानी जस्ता प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।
सहभागीहरूले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन ।