प्रधानमन्त्रीको सचिवालयबाट ६ जना एकसाथ बहिरिए

प्रधानमन्त्रीको सचिवालयबाट ६ जना एकसाथ बहिरिए

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट ६ जना एकसाथ बाहिरिएका छन् । बिदा हुनेमा अधिकांश प्रेससँग सम्बन्धित टोली छ । प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलले सचिवालय छाडेका हुन् ।

त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने (डिकोडर) उदय पोखरेल छन् ।

उनीहरुले मंसिर १ गतेदेखि लागू हुनेगरी यसअघि राजीनामा दिएका थिए । ‘प्रधानमन्त्रीलाई सेवा आवश्यक हुने रहनु भएको छ’ सचिवालयका एक सदस्यले भने, ‘सेवा आवश्यक नठान्नु भएकाहरु बाहिरिनु भएको छ ।’

तर सचिवालयबाट बाहिरिएकाहरुलाई पछिल्लो समय प्रधानमन्त्री ओलीसँग भेटघाट गर्न दिइएको थिइएन। ‘हाम्रो प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैन’, सचिवालयबाट बाहिरिने मध्येका एकले भने, ‘प्रधानमन्त्रीले सामान्यता बालुवाटारको माथिल्लो तल्लामा भेटघाट गरिरहनु भएको छ । त्यहाँ हामीलाई जान दिइएको थिएन । बाहिरिने विषयमा प्रधानमन्त्रीसँग कुनै कुराकानी भएको छैन ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई प्रधानमन्त्रीले यथावत् राखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.