२९ कार्तिक, काठमाडौं । बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३(३ लाख दिने घोषणा गरेका हुन् ।
सिलवालले सरकार समक्ष राखेपले प्रस्ताव लैजाने बताए । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य रहेका थिए ।
नेपालले ५ राष्ट्र सम्मिलित प्रतियोगितामा उपाधि जित्ने क्रममा सबै खेलमा एकपक्षीय नतिजा हासिल गरेको थियो ।