प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापा बन्ने भएका छन्। कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउने भएका हुन् ।

नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई सल्लाहकार नियुक्त गर्ने तयारी गरेका हुन्। थापाले औपचारिक नियुक्ती भने आइतबार पाउने बालुवाटार स्रोतले बतायो। मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ ।

थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन्। उनको पृष्ठभूमिसमेत पत्रकारिता भएकाले उनलाई प्रेस सल्लाहकार बनाउने विषयमा सहमति जुटेको स्रोतको दाबी छ। थापा नेकपा केन्द्रीय सदस्यसमेत हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.