दुर्घटनामा परेका ट्याङ्कर चालक र सहचालकको मृत्यु

दुर्घटनामा परेका ट्याङ्कर चालक र सहचालकको मृत्यु

३० कात्तिक,काभ्रेपलाञ्चोक ।
शुक्रबार राति डिजल बोकेको ट्याङ्कर अरनिको राजमार्गमा दुर्घटनाग्रस्त हँुदा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी दीपक गिरीले बताए ।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर धुलिखेल नगरपालिका वडा नम्बर–८, थाक्लेमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.