३० कात्तिक, विराटनगर ।
लियो क्लब अफ विराटनगर सेन्ट्रलले रंगेलीमा सञ्चालन गरेको निःशुल्क अँखा तथा मधुमेह जाँच शिविरमा १९७ जनाले जाँच गराएका छन् ।
शनिबार सञ्चालन गरिएको शिविरको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले उद्घाटन गरेका थिए । रंगेली–५,६ र ७ का वडाअध्यक्षको समेत सहभागीता रहेको शिविरमा मेयर बगडियाले समेत आँखा जाँच गराएका थिए ।
आँखा जाँच गराएका मध्ये मातीयाविन्दु फेला परेका ३० जनालाई रामलाल गोल्छा आँखा अस्पताल विराटनगर ल्याईएको लियो क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष लियो शिव शंकर मण्डलले जानकारी दिए । त्यस्तै मधुमेह जाँच गराएका ५४ जनालाई मधुमेह भेटिएको उनले बताए ।
रंगेली ल्याब क्लिनिक रंगेली र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।