२ मंसिर, काठमाडौं । एसीसी इमर्जिङ एसिया कपमा नेपालले बंगलादेशलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।
बंगलादेशको ढाकामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनायो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए ।
त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो । तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।