एजेन्सी,मंसिर २
यूएईमा जारी टि–टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रर्दशन गरेसँगै कर्नाटक टस्कर्स डेक्सन ग्लेडियटर्ससँग ५ विकेटले पराजित भएको छ ।
१ सय ११ रनको विजयी लक्ष्य पछ्याएको डेक्सनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । डेक्सनको जितमा काइरान पोलार्ड २२ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । त्यस्तै मोहम्मद शहजाद १३ र भानुका राजपक्षेरले २७ रन जोडे । भानुकाले ७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
सन्दीपले २ ओभरमा ३५ रन खर्चिदा विकेट लिन सकेनन् । प्राट्रिक ब्राउन, मलिन्डा पुष्पकुमारा र महमद राजाले १–१ विकेट लिए । शपुर जद्र्रानले २ विकेट लिए ।
सन्दीपले चौथो ओभरको पहिलो बलमा काइरान पोलार्डलाई २, दोस्रो बलमा डट र तेस्रो बलमा १ रन दिए । चौथो बलमा एज्टोन डेभिसिच र पाँचौ बलमा पोलार्डलाई १–१ रन दिए । अन्तिम बल डट राखेका थिए ।
छैटौं ओभरमा सन्दीपले ३० रन खर्चिए । पोलार्डले सन्दीपलाई सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरे । पोलार्ड यतिकैमा रोकिएनन् । पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन जोडेपछि सन्दीप महँगो सावित भएका हुन् ।
त्यसअघि टस हारेर ब्याटिङ थालेका कर्नाटकले १० ओभरमा ३ विकेट गुमाउदै १ सय १० रन बनाएको थियो । उसका ओपनर जोसन चाल्र्स ३५, इभिन लुइस २३ र रोश व्हाइटली १३ रन जोडे । कप्तान हसिम अमला १९ बलमा ४ चौका सहित ३२ रनमा अविजित रहे । उसका जाहिर खान, फवाद अहमद, मिगेल प्रिटोरियसले १– १ विकेट लिए ।