३ मंसिर, विराटनगर ।
विभिन्न भौतिक संरचना तथा पूर्वाधार निमार्ण कार्यमा अतिआवश्यक सिमेन्टमा देश आत्मनिर्भरतर्फ अघि बढिरहेको छ । बजारमा दर्जनौँ सिमेन्टहरु उपलब्ध छन् । सिमेन्टमा बजारमा प्रतिस्पर्धा देखिन थालेपछि सिमेन्ट कम्पनीहरुले विभिन्न योजनाहरु ल्याएका छन् । पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त बन्धन सिमेन्टले पनि यस्तै आकर्षक योजना ल्याएको छ ।
कम्पनीले पहिलो चरणमा हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने जनाएको छ । तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने उत्पादकले जनाएको छ । योजना अन्र्तगत दुई जना ग्राहकहरुले स्कुटर पाईसकेका छन् । साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेता र मोरङको लेटाङ बुधबारेकी ओम कुमारी राईले स्कुटर जित्न सफल भएका हुन् ।
स्कुटरको लागि प्रत्येक साताको शुक्रबार लक्की ड्र गर्ने गरिन्छ । विराटनगरमा रहेको मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम बन्धन सिमेन्ट विक्लि लक्कि ड्रबाट विजेताको नाम सार्वजनिक गरिदै आईएको छ । प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ ।
बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । उपहारको जानकारी वीक्लि लक्की ड्र कार्यक्रम बाट गराइने कम्पनीले जानकारी दिएको छ । बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको छ । अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पियससी गरी दुई किसिमकोे सिमेन्ट यस कम्पनीबाट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । बन्धन सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनीको दावी छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.का अध्यक्ष मनिषकुमार मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गरि स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए । अफरको अवधि पुष मसान्त सम्म रहने कम्पनीले जनाएको छ ।