उत्तराखण्डका मुख्यमन्त्री भन्छन्; कालापानी भारतको हिस्सा हो र सधैँ भारतकै रहनेछ

उत्तराखण्डका मुख्यमन्त्री भन्छन्; कालापानी भारतको हिस्सा हो र सधैँ भारतकै रहनेछ

३ मंसिर, एजेन्सी । नेपाली भूमि कालापानी क्षेत्र भारतले आफ्नो जारी गरेको नयाँ नक्सामा राखेको भन्दै नेपालमा भइरहेको विरोधबारे भारतीय राजनीतिक तहबाट प्रतिक्रिया आउन थालेको छ ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेपछि सीमा विवादले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले प्रधानमन्त्री ओलीको उक्त आग्रहको जवाफ दिएका छन् । भारतीय पत्रिका अमर उजालासँग कुरा गर्दै उनले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क गरेका छन् ।

उनले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको बताएका छन् । नेपालमा यसरी विरोध गर्ने नेपालीको कार्यसंस्कृति नभएको उनको भनाई छ ।

नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल खोजिन मुख्यमन्त्री रावतको भनाइ छ ।नरेन्द्र मोदी नेतृत्वको सरकारले कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.