३ मंसिर, सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे कोशी बाधमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो बराहक्षेत्र नगरपालिका–६ नयाँ बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर चेपिएको अवस्थामा आफन्तले देख्नासाथ उपचारकोलागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगेकोमा उपचारको क्रममा सवा २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।