धरानमा सैनिक प्रथम साईन्स प्रदर्शनी सम्पन्न

धरानमा सैनिक प्रथम साईन्स प्रदर्शनी सम्पन्न

३ मंसिर , धरान । 
सैनिक आवासीय महाविद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड कम जेनेरल प्रदर्शनी–२०७६ सम्पन्न गरेको छ ।

बिद्यार्थीहरुबाटै सबै स्टल,उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको थियो । उक्त प्रदशनीमा बिज्ञान, कला संस्कृति, विभिन्न जनजातिका भेषभुषा , लोपोन्मुख विभिन्न बाजागाजा, महाविद्यालय , नेपाली सेना, राष्ट्रिय सेवा दल, नेपाली, अंग्रेजी, गणित, कम्प्युटर तथा सामाजिक सांस्कृतिक सम्बन्धि ३१ वटा स्टलहरू राखिएको थियो ।

बिद्यार्थीहरुले आगन्तुकहरूका निम्ति विभिन्न नृत्य, गायन, कराते, तेइक्वान्दो जस्ता बिभिन्न साँस्कृतिक कार्यक्रम समेत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । २ हजार भन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए । प्रदर्शनी कार्यक्रममा पूर्वी पृतनाका चिफ अफ आर्मी स्टाफ सहायक रथी यमबहादुर अधिकारी, १ नं बाहिनीका बाहिनीपति सहायक रथी यामप्रसाद ढकाल, कल्याणकारी योजना निर्देशनालयका शिक्षा शाखा प्रमुख सेनानी बसन्त गौतम लगायतले अवलोकन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.