३ मंसिर,काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् ।
उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पारिन् । आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ ।
योगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।