३ मंसिर, काठमाडौं ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर मंगलबार साँझ ७ः १५ बजे भूकम्प गएको हो। अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको छ।
क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएको छ। कर्णाली प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।