३ मंसिर, विराटनगर ।
नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा विराटनगरमा मारवाडी प्रीमियर लीग (एमपीएल) हुने भएको छ । मारवाडी समुदायमा लोकप्रिय रहेको सो प्रतियोगिताको सातौँ संस्करण यही पौष २ गते देखि ५ गते सम्म सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, मारवाडी ब्राहमण युवा मञ्च, मेड स्वर्णकार युवा मञ्च गरि ५ टिमका युवा खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
मारवाडी युवाहरु बिच खेलकुद प्रति अभिरुचि जगाउन यस्ता प्रतियोगिताहरू निरन्तरता दिइने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष राजेश अग्रवालले बताए ।