४ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद पुनर्गठन अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारीमा रहेका ओली र प्रचण्डले बुधबार बिहान शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।