आगामी युरोपियन च्याम्पियनसिपमा वेल्स छनोट

आगामी युरोपियन च्याम्पियनसिपमा वेल्स छनोट

४ मंसिर, एजेन्सी ।
हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा छनोट हुन सफल भएको छ ।

वेल्सले निर्णायक खेलमा हंगेरीलाई पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो । समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट हुन सफल भयो ।

कार्डिफमा मंगलबार राति भएको वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गोल गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।

हारसँगै हंगेरीको भने छनोटको सम्भावना सकिएको छ । वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो । हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.