सरकारलाई प्रतिपक्षले साथ दिन्छःपौडेल

सरकारलाई प्रतिपक्षले साथ दिन्छःपौडेल

४ मंसिर, धनकुटा ।
सीमा अतिक्रमणका सवालमा सरकारले खेल्ने जिम्मेवार भूमिकामा प्रतिपक्षी दलको साथ रहने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

भारतीय समकक्षीसँग वार्ता गर्न प्रधानमन्त्रीले ढिलाई गरेको भन्दै उनले नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने सुझाव दिए। बुधबार प्रदेश १ को भ्रमणका सिलसिलामा धनकुटा पुगेका पौडेलले पत्रकारसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

‘सीमा अतिक्रमण हुँदा सरकारको भूमिका जति हुनु पर्ने उति हुन सकेको छैन’, उनले भने, ‘कूटनीतिक पहल गर्न ढिलाई गर्न हुन्न ।’ सरकारले भारतीय सरकारसँग सिधै वार्ता गरेर समस्या टुंग्याउन पहल गरे प्रतिपक्षी दल साथमा रहने उनको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.