४ मंसिर, काठमाडौं ।
बुधबार हुने भनिएको मन्त्रिपरिषद्को् हेरफेर आज नहुने भएको छ ।
सचिवालय बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओली ट्रेड युनियनको एक कार्यक्रममा सहभागी हुन गएकाले आज हेरफेरको संभावन नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यस अघि आजै बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो भने सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो ।