बेरोजगारी समस्या समाधान सरकारले उच्च प्राथमिकतामा : प्रधानमन्त्री

बेरोजगारी समस्या समाधान सरकारले उच्च प्राथमिकतामा : प्रधानमन्त्री

४ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारे ।

बुधबारबाट काठमाडौंमा सूरु भएको ‘युनि ग्लोबल युनियन एशीया तथा प्यासिफिक रिजन’ को ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यामबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमूलक उद्योग संचालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे । उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताए । गरिबी, बेरोजगारी, भोकमरी विश्वमा बढ्दै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.