४ मंसिर, विराटनगर ।
बिराटनगर–५ स्थित श्री सत्य साई भजन समुहले साइबाबाको जन्मोत्सवको दोश्रो दिन खुल्ला रक्तदान कार्यक्रम गरेको छ । विराटनगरको जामुनगाछीमा बुधबार भएको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष राखी कार्कीले जानकारी दिईन् ।

रेड्क्रस मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा संजय मण्डल , केदार थापा,सन्तोष न्यौपाने ,देवचन्द्र घिमिरे लगायतका युवाहरुले हौसला प्रदान गरेका थिए । साईबाबाको जन्मोत्सवमा एक हप्ता सम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको अध्यक्ष कार्कीले बताइन् ।