५ मंसिर, मोरङ ।
मोरङ कानेपोखरी गाउँपालिका–५ जदाहा बस्ने बर्ष ६५ को राजकुमार राईको ज्यामिर सर्किएर मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय पथरीबाट घटनास्थलमा खटिएको प्रहरीको टोली कानुनि प्रकृया तथा थप अनुशन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।