कर्मचारी समायोजन र संघीय निजामति ऐनलाई निष्कर्षमा लैजाने मन्त्री त्रिपाठीको प्रतिबद्धता

कर्मचारी समायोजन र संघीय निजामति ऐनलाई निष्कर्षमा लैजाने मन्त्री त्रिपाठीको प्रतिबद्धता

५ मंसिर, काठमाडौँ ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले पदभार ग्रहण गरेका छन् ।

स्थानीय तहमा देखिएको आर्थिक अनियमिततालाई व्यवस्थित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि पनि नयाँ र कर्मचारी पनि नयाँ रहेकाले ठूलो मात्रामा गएको रकम पारदर्शी रुपमा खर्च हुन नसकेको अवस्था रहेको गुनासो आएको उनले बताए ।

यस्तै संसदीय समितिमा अल्झिएको संघीय निजामति ऐनलाई निष्कर्षमा लैजाने तथा कर्मचारी समायोजनको काम पूरा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको मन्त्री त्रिपाठीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.