भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङद्धारा पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङद्धारा पदभार ग्रहण

५ मंसिर, काठमाडौँ ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्तमन्त्री नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ काठमाडौंको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया पनि दिए ।

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाई छ । उनले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने पनि बताए । विगतमा मन्त्रालयमा भएका कामहरुको समिक्षा गर्दै अघि बढने मन्त्री नेम्वाङको योजना छ ।

पदभार ग्रहण गर्नु अघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.