सुन्दरहरैचामा चोरी गरेर भाग्दै गर्दा एक युवा पक्राउ

सुन्दरहरैचामा चोरी गरेर भाग्दै गर्दा एक युवा पक्राउ

६ मंसिर, मोरङ । मोरङको सुन्दरहरैचाबाट चोरी गरेर चाग्दै गरेका एक युवालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

सुन्दरहरैचा नगरपालिका ९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका हुन् ।

बिहिबार साँझ ६ बजे काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशीष मगरलाई उक्त घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरी चौकी बिराटचोकमा जानकारी गराएका थिए ।

घटनापछि पुगेको प्रहरीको टोलीले मगरकोे साथबाट ल्यापटप एक थान,पेन ड्राईभ एकथान लगायत अन्य किराना सामान सहित नगद ४५ सय बरामद गरेको थियो ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.