पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा

पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा

६ मंसिर, काठमाडौं । राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ । काठमाडौँमा पशुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गरे ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको छ । शुक्रबारबाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

यात्रामा १ सय ६७ जना साइकलयात्री सहभागी भएका छन् जसमा १८ जना महिला साइकल यात्री सभागी रहेको छ । यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार बर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.