निर्माण व्यवसायीका समस्या समाधान गर्न मन्त्री तयार

निर्माण व्यवसायीका समस्या समाधान गर्न मन्त्री तयार

६ मंसिर, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा मन्त्री नेम्बाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका हुन् ।

कुनैपनि नीति निर्माण गर्दा वैज्ञानिक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताए ।

निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमालीको आठौं संशोधनपछि आफुहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुर्नविचार गर्नसमेत आग्रह गरेका छन् ।

निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.