साग पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

साग पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

७ कात्तिक, काठमाडौं ।
काठमाडौँमा सुरु हुन लागेको आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट टोलीमा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ ।

पुरुषमा श्रीलंका र बंगलादेशको य–ू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् । यस अघि समुह बाइएपनि भारत र पाकिस्तान नआउने भएपछि लिग हुने भएको छ ।

लिग चरणमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा नेपालले भुटानसँग खेल्ने छ । मंसिर २० मा नेपालले माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ ।

लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा भिड्ने छन् । कास्य पदक अर्थात तेस्रो स्थानमा लागि मंसिर २३ मा लिग चरणका तेस्रो र चौथो स्थानका टोलीबीच प्रतिस्पर्धा हुने छ ।

मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुने छ । सबै खेल टीयू क्रिकेट मैदानमा हुने छन् । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.