७ मंसिर, काठमाडौं ।
बागमती सरसफाई अभियानको तीनसय ४१ औं हप्तामा शनिबार पनि सरसफाई जारी रह्यो । शनिबार थापाथली पुल आसपासमा सफाई गरिएको हो ।
थापाथली पुलले काठमाडौं र ललितपुर जिल्लालाई छुट्याउँछ । काठमाडौंको थापाथली र ललितपुरको कोपुन्डोल क्षेत्रमा व्यापक रुपमा सरसफाई गरिएको छ ।
सरसफाईको लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय क्लब, स्वय्म सेवकहरुको बाक्लो उपस्थिति रहेको थियो । यसअघि पनि वागमती सरसफाईकै क्रममा त्यस क्षेत्रमा सयौं टनका फोहरलाई व्यवस्थापन गरिएको थियो ।
