७ मंसिर, विराटनगर ।
गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले विराटनगरमा रिटेलर मिट सम्पन्न गरेको छ । विराटनगरका लागि गल्फको आधिकारिक वितरक जेबी इन्टरप्राईजेजको समन्वयमा शनिबारसम्पन्न रिटेलर मिटमा उत्कृष्ट रिटेलरलाई आफ्नो स्किम अन्तर्गतको उपहार समेत वितरण गरिएको छ ।
कार्यक्रममा जेबी इन्टरप्राईजेजका प्रोपाईटर रुपेश बराल, नेपाल ल्युब आयल लिमिटेडका प्रदेश १ प्रतिनिधि सुमन दाहाल लगायतका प्रतिनिधिहरुले उत्कृष्ट रिटेलरलाई उपहार वितरण गरेका थिए। प्रोपाईटर बराल र प्रदेश प्रतिनिधि दाहालले बढी भन्दा बढी विक्री गर्दै उपहार प्राप्त गर्न र उकृष्ट सेवा प्रदान गर्न रिटेलरहरुलाई आव्हान गरेका छन् ।
तोकिएकोभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट सेवा प्रदान गर्ने न्यू मारिन अटो, जगदम्बा बियरिङ सेन्टर, न्यू पुजा ट्याक्टर पार्टस्लाई १२५ सीसीको यामाहा सेलुटो बाईक प्रदान गरिएको थियो । त्यस्तै अन्य उत्कृष्ट बिक्रेताहरुलाई पनि एसी, रिफ्रीजेरेटर,एलईडी टीभी, वासिङ मेसिन,वाटर ट्याकं, हिटर,भ्याकुम क्लिनर, ब्लुतुथ स्पिकर लगायत उपहार प्रदान गरिएको थियो ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्दे आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।