हिमानीले बाँडिन् विद्यार्थीलाई शैक्षिक सामग्री

हिमानीले बाँडिन् विद्यार्थीलाई शैक्षिक सामग्री

७ मंसिर, काठमाडौँ ।
पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानी काठमाडौको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।उनले काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गरेका थिए । बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित रहकी थिइन् ।

लायन्स क्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.