७ मंसिर, विराटनगर ।
बिराटनगर महानगरपालिका–१७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्किङस्थलमा रोकी राखेको भारतीय नम्बर प्लेटको ट्रक भित्र १ भारतीय नागरिकको मृत्यु भएको छ । भारतबाट नेपाल आएको UP78FT 3516 नम्बरको ट्रक भित्र ट्रकका सह–चालक भारत कलोनिकानपुर नगर पन्चायत–४ उत्तर प्रदेश बस्ने ५६ वर्षीय ईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
मेसिनरी सामान लोड गरी गत बिहीबार नेपाल ल्याएर पार्किङ गरी राखेको ट्रकमा ट्रकका चालक र मृतक अलि शुक्रबार रातको खाना र ज्वरोको औषधी खाएर सोही ट्रकको क्याबिनमा सुतेका थिए । आज बिहान ११ बजे ट्रकका चालक भारतको तिपुगंन्ज–७ उत्तर प्रदेश बस्ने ३३ वर्षीय मो.इसादले सह–चालक अलिलाई उठाउन खोज्दा नउठेकोले हेर्दा मृत अबस्थामा देखि ईलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए । घटनाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।