भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो : कांग्रेस सभापति देउवा

भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो : कांग्रेस सभापति देउवा

७ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको अरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेपाली काङ्ग्रेसद्वारा पोखरामा शनिवार आयोजित एउटा चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो। त्यसै छापेको हो र? ओलीको सहमतिविना भारतले नक्सा छाप्नै सक्दैन।’ कालापानी महाकालीपूर्वको जमिन भएको भन्दै देउवाले ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर ओलीले राष्ट्रघात गरेकोू आरोप पनि लगाए।’

प्रधानमन्त्री ओली राष्ट्रवादी नभएको पनि देउवाले टिप्पणी गरे। उनले थपे, ‘ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ। ओली राष्ट्रवादी नै होइनन्।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.