दिगो विकासको स्रोत केन्द्र सिंहदरबारभित्र

दिगो विकासको स्रोत केन्द्र सिंहदरबारभित्र

८ मंसिर, काठमाडौँ ।
राष्ट्रियसभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिले सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना गरेको छ । दिगो विकास केन्द्रको आईतबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन ।

दिगो विकास केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै तहका सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताए । स्थानीय तहमा धेरै बजेट गएको अवस्थामा दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबै स्थानियतहमा युनिट श्रृजना गरि त्यहाँका विकास योजनालाई दिगो विकासको लक्ष्यसंग केन्द्रीत गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले संघीय संसदमा समिति अन्र्तगत रहेको दिगो विकास श्रोत केन्द्रले दिगो विकासका लक्ष्य प्राप्तीका लागि भईरहेका कार्यको जानकारी गराउनुको साथै स्रोतहरुको एकीकरण तथा आवश्यक परामर्शका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । समिति सभापति तारादेवी भट्टले सरकारले अख्तियार गरेको सन्तुलित दिगो विकास तथा सुशासन प्रवद्र्धन गर्ने सन्र्दभमा श्रोत केन्द्रले ठुलो योगदान पुर्याउने बताए ।

दिगो विकास लक्ष्य हासिलका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्य साथ स्थापना गरिएको दिगो विकास स्रोत केन्द्र (एसडीजी रिसोर्स कर्नर) मा दिगो विकासका १७ वटा क्षेत्रहरुलाई समेट्ने गरि इन्फोग्राफिक्सको माध्यमबाट तथ्याङ्क राखिएको छ । दिगो विकासमा विश्वभर भईरहेका कमहरु झल्काउने जानकारीहरु पनि केन्द्रमा राखिएको छ । समग्र रुपमा दिगो विकासको बारेमा जान्न , बुझ्न र अध्ययन गर्न चाहने सबैको पहुँच हुने केन्द्रको रुपमा दिगो विकास श्रोत केन्द्र रहेको स्थापना गरिएको समितिले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.