८ मंसिर, विराटनगर ।
विराटनगरः रानी–धरान ६ लेन सडक अन्तर्गतको इटहरी खण्डमा निर्माणाधिन सडक मापदण्ड विपरित भएको भन्दै संघर्ष समितिले प्रदेश एक सरकारको ध्यानाकर्षण गराएको छ । इटहरीमा रहेका सक्रिया युवाहरुले संघर्ष समिति बनाई राजमार्ग साँधुरो बनाएको विषयमा विरोध गर्दै आएका छन् भने स्थानीय सरकारदेखि सडक आयोजनाको कार्यालयसम्म पुगि ध्यानाकर्षण गराएका छन्।
समितिका संयोजक मदन चुुँडालले भारत–चीन जोड्ने बहुुप्रतिक्षित व्यापारिक सडकलाई केही व्यक्तिको अग्रसरतामा साँघुुरो बनाउने प्रपञ्ज रचिएको भन्दै प्रदेश सरकारको गम्भिर ध्यानाकर्षणका लागि आग्रह गरे । ‘राष्ट्रिय राजमार्ग जस्तो सडक चौडा बनाउने काम मनपरी गरिएको छ’ उनले भने ‘दीर्घकालिन महत्वको विषयमा तीनै तहको सरकारको निष्क्रियताप्रति जनताले प्रश्न उठाइरहेका छन् ।’
ज्ञापन पत्र बुुभ्mदै मुख्यमन्त्री शेरधन राईले ६ लेन सडकको डिपिआरमै समस्या आएकाले सडकको विभिन्न भागको मापदण्ड फरक हुन पुुगेको जानकारी दिए । उनले इटहरी क्षेत्रको विवादको बारेमा भने सडक आयोजनासँग तुरुन्त जवाफ माग्ने बताए । २०६८/०६९ को आर्थिक वर्षबाट शुरु भएको रानी–धरान ६ लेन सडकको जम्मा लम्वाइ ४९ किलोमिटर रहेको छ ।
भारतको जोगवनी र चिनको किमाथाँका क्षेत्र जोड्ने यो सडक त्रिदेशी महत्वको सडक हो । रानीदेखि धरानसम्म ६ लेन सडक बनाउन १० अर्ब बजेट छुट्एिकोमा अहिले ७ अर्वको मात्र ठेक्का लागेको छ । जसमा १५ निर्माण कम्पनीले धमाधम काम गर्दैछन् । ठेक्का सम्झौताअनुसार असार अन्तिम साता सम्ममा काम सम्पन्न गर्नुुपर्ने छ ।