पत्रकारको गिरफ्तारी बढेपछि पत्रकार महासंघ चिन्तित

पत्रकारको गिरफ्तारी बढेपछि पत्रकार महासंघ चिन्तित

८ मंसिर, काठमाडौँ ।
नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

आइतबार काठमाडौँमा पत्रकार बिरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कोण सभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता ब्यक्त गरे । ५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताए । हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिँडेको बताए ।

पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहीनता बढेको महासचिव बिष्टले बताए । अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न बिधेयक मार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.