यातायात कार्यालयमा भ्रष्टाचार : ट्रायलमा फेल, लाइसेन्समा पास

यातायात कार्यालयमा भ्रष्टाचार : ट्रायलमा फेल, लाइसेन्समा पास

८ मंसिर, काठमाडौं ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अनुत्तीर्ण भएका परीक्षार्थीलाई उत्तीर्ण गरेको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा वि।सं २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका एकहजार दुईसय ८४ जनालाई उत्तीर्ण बनाएर सवारी चलाक अनुमतिपत्र जारी गरेको उल्लेख छ ।

विज्ञप्तिमा नयाँ अनुमतिपत्र दिँदा पूराना अभिलेख भएको सरकारी काजगात नोक्सान गरेको र राजश्व नलिएर राजश्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना र हानीनोक्शानी गरेको उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.