ट्याक्सी चालकको ब्यवहार सुध्रिए ४० लाख पर्यटन आउछन्ः योगेश भट्टराई

ट्याक्सी चालकको ब्यवहार सुध्रिए ४० लाख पर्यटन आउछन्ः योगेश भट्टराई

९ मंसिर, काठमाडौं ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उनले बताए ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.