देउवाको अभिब्यक्तिको बचाउमा उत्रिए विश्वप्रकाश

देउवाको अभिब्यक्तिको बचाउमा उत्रिए विश्वप्रकाश

९ मंसिर, पोखरा।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको क्षेत्र समावेश गरेको सम्बन्धमा देउवाले दिएको अभिव्यक्तिको बचाउ गर्दै शर्माले देउवाको अभिव्यक्ति ठहर नभएर आशंका मात्रै रहेको बताएका हुन ।

पोखरामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले देशको स्वाधिनता मिचिएको अवस्थामा सरकारप्रति शंका गर्न पाउने अधिकार हुने र प्रतिपक्षी दलको नेताका हिसाबले देउवाले शंका व्यक्त गरेको बताए । देउवाले शनिबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पोखरामै भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृतिमा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा आफ्नो नक्सामा पारेको आरोप लगाएका थिए ।

देउवालाई पोखराबाटै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबार जवाफ दिएका थिए । देउवाले नाकाबन्दीका बेला केही बोल्न नसकेको र अहिले आएर ठूला कुरा गरेको बाँस्कोटाको भनाई थियो । तर, कांग्रेस प्रवक्ता शर्माले भने दुई तिहाइको सरकार तथा विपक्षीले पनि साथ दिएको अवस्थामा सीमा मिचिएको कुरा जसरी उठाउनु पर्ने थियो सरकारले त्यसरी उठाउन नसकेकाले शंका उब्जिएको बताएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.