१० मंसिर,विराटनगर ।
पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ को विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो ।
पूर्वका पाँचथर, इलाम, झापा र सुनसरीका ठूला शहरमा विशेष प्रर्दशन गरेर दर्शकको प्रतिकृया संकलन गर्दै आएको ‘घरजम’ युनिटले विराटनगरमा पनि प्रर्दशन गर्न लागेको हो । रोमियो फिल्म प्रालिको व्यानरमा बनेको चलचित्र ‘घरजम’मा किशोरकुमार पन्धाक र सीताकुमारी तुम्बापो प्रस्तुतकर्ता हुन भने तेज मेन्याङबो सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा, हेमराज अन्छङ्बो लगायत कलाकारलाई नेपाली मौलिक पात्रको रुपमा देख्न सकिने छ ।









