१० मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।
पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल स्थित मनोमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा लगिएका ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो ।
शल्यक्रियापछि अहिले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् । ओलीलाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।