प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

१० मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।

पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल स्थित मनोमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा लगिएका ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो ।

शल्यक्रियापछि अहिले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् । ओलीलाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.