मोरङ प्रहरीद्वारा ४६ फरार प्रतिवादीहरु पक्राउ

मोरङ प्रहरीद्वारा ४६ फरार प्रतिवादीहरु पक्राउ

१० मंसिर, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न अपराधमा संलग्न ४६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला अदालत मोरङबाट चोरी, लागुऔषध, अंश चलन, सार्वजनिक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा दोषी ठहर्याई कैद तथा जरिवानाको सजाय तोकिएका सो संख्याका प्रतिवादीलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएका सबै जिल्ला अदालत मोरङमा दाखिला गरिएको र दाखिला गरेका मध्ये अधिकांश तोकिएको जरिवाना रकम दाखिला गरी अदालतबाट छुटिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.