राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने मन्त्री गुरुङको प्रतिवद्धता

राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने मन्त्री गुरुङको प्रतिवद्धता

१० मंसिर, काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने बताएका छन् । मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनर्संरचना गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मंगलबार परिषदको अध्यक्षको पनि पदभार ग्रहण गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराए । मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो¥याए ।

मन्त्री गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.