आज मध्यरातदेखि मौनअवधि सुरु

आज मध्यरातदेखि मौनअवधि सुरु

११ मंसिर, विराटनगर ।
आउँदो शनिबार उपनिर्वाचन हुँदैछ । यसको मौनअवधि आज बुधबार मध्यरातदेखि सुरु हुँदैछ ।

रातिदेखि नै मौनअवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ उपनिर्वाचन हुँदैछ ।

यस्तै प्रदेशसभा तर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो ।
स्थानीय तह अन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्षका ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.