प्रधानमन्त्रीको स्वास्थ्य सुधारउन्मुख

प्रधानमन्त्रीको स्वास्थ्य सुधारउन्मुख

११ मंसिर, काठमाडौं ।
एपेन्डिसाइटिस तथा पेरिटोनाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार देखिएसँगै उनलाई भेन्टिलेटरबाट हटाइएको छ ।

प्रधानमन्त्री ओली उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार उनको स्वास्थ्य अवस्था बारे कुनै औपचारिक जानकारी भने दिएको छैन।

तर उनको उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्यमा केही सुधार भने देखिएको छ। स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रेस संयोजक सूर्य थापाले भने, ‘प्रधानमन्त्री ज्यूलाई सावधानीका लागि भेन्टिलेटरमा राखिएको हो । अहिले उनको स्वास्थ्यमा हिजो भन्दा धेरै सुधार आएको छ । उनलाई दिइएका लाइफ सपोर्टहरु क्रमिक रुपमा हटाउँदै लगिएको छ ।’

स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.