पशुपति क्षेत्र विकास कोषले पायो २ वटा विद्युतीय सवारी साधन

पशुपति क्षेत्र विकास कोषले पायो २ वटा विद्युतीय सवारी साधन

११ मंसिर, काठमाडौं ।

भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतिय सवारीसाधनहरु उपयोगी हुने बताइन् ।

उनले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतिय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.