देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

११ मंसिर, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उनका निजी सहयोगी भानु देउवाले बताए ।

प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उनी मङ्गलबार बिहान सो सेन्टरमा गएका थिए । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.