मोरङ प्रहरीद्वारा एक दर्जन गोरु नियन्त्रण

मोरङ प्रहरीद्वारा एक दर्जन गोरु नियन्त्रण

११ मंसिर, मोरङ ।
मोरङ प्रहरीले अवैध रुपमा भारत तर्फ लैजाँदै गरेका १५ वटा गोरु नियन्त्रणमा लिएको छ । मोरङको धनपालथान गाउँपालिका–१ गधियाखोलाबाट भारतर्फ लैजाँदै गरेका सो संख्याका गोरुहरु प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका गोरुहरु आवश्यक कारवाहीको लागि मुलभन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।नेपालबाट भारततर्फ ठूलो सख्यामा गाई गोरु लैजान थालेपछि पछिल्लो समय थप सर्तकता बढाएको मोरङ प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.