अर्घाखाँचीमा बस दुर्घटना : १२ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना : १२ जनाको घटनास्थलमै मृत्यु

११ मंसिर, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुबाहक बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ ।

प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी र घाईतेको उद्धार जारी रहेको उपरीक्षक विष्टले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.